प्रधानमन्त्रीको रुपमा ठाकुरलाई अघि सार्ने जसपाको तयारी

समाचार

काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ । डा. भट्टराईको निवासमा भर्खरै दुई नेताबीच छलफल सुरु भएको हो । जसपाका नेता राजकिशोर यादवले दिएको जानकारीअनुसार वैकल्पिक सरकारको नेतृत्व जसपाले नै लिनेगरि दुई नेताबीच छलफल सुरु भएको हो ।

See also  मास्क नलगाई हिँड्नेलाई यस्तो सजाय गरेपछी सब आत्तिए

यसअघि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्ता लगत्तै ठाकुर र राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेट्न पुगेका थिए । शितलनिवासको भेटवार्ता सकेर ठाकुर सिधै भट्टराई निवास पुगेका हुन् । आज विहान डा. भट्टराईले सबै दलको सहभागितामा र वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेका थिए । बाबुरामको उक्त प्रस्तावले पनि ठाकुर सरकारका नेतृत्व लिनेगरि हौसिएका छन् ।

See also  खुशीको खबर : ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउदै