मास्क नलगाई हिँड्नेलाई यस्तो सजाय गरेपछी सब आत्तिए

समाचार

भारत अहिले कोरोनाको दोस्रो लहरको केन्द्र बनिरहेको छ । दिनहुँ तीन लाख भन्दा बढी संक्रमित भएका छन् । त्यसैले सरकार पनि कोरोना फैलन नदिन कडा नियम लागू गरिरहेको छ । भारतको झारखण्डमा रहेको धनबाद जिल्लामा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेका छन् ।

तैपनि स्थानियहरु कोरोना प्रति गम्भीर देखिएका छैनन् । दिनदिनै सयौं मानिस सडकमा घुमिरहेका छन् । तर मास्क नलगाई हिँड्नेलाई प्रहरीले कडा कारवाही गरिरहेका छन् । त्यस्तो मानिसलाई प्रहरीले पक्रेर सजायका रूपमा मुर्गा र भ्यागुता बनाएर सडकमा दौडाएको छ ।

See also  ओलीलाई रोक्न हामीले सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

अनावश्यक रूपमा सडकमा हल्लिँदै हिँड्नेहरूले सजाय पाएका हुन् । धनबादको सडकमा मास्क र हेल्मेट नलगाई र आवश्यक काम नभई निस्कने मानिसलाई कारवाही गरिएको हो । प्रहरी एएसआई सन्तोष रजकले संक्रमण तीव्र गतिमा फैलिरहेको तैपनि मानिसहरू सचेत नभएको बताए ।

मानिसहरूलाई सचेत बनाउन प्रशासनले र्‍यापिड याक्सन फोर्स बनाएको छ । मास्क नलगाई हिँड्नेलाई सजायका रूपमा मुर्गा र भ्यागुता बनाइएको छ ।

See also  माओबादी-कांग्रेस ले बैकल्पिक सरकारको दाबी नगर्ने प्राय निश्चित भएपछी फेरी ओली नै प्रधानमन्त्री हुने पक्का