ओलीलाई रोक्न हामीले सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

समाचार

काठमाडौं । एमाले नेता भीम रावलले माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।

ट्वीट गर्दै उनले केपी ओलीलाई अलोकतान्त्रिक कार्य गर्नबाट आफ्नो पक्षका सांसदले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।

See also  चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ बाट शुरु हुने, कहाँ कहाँ गएर लगाउने खोप?

यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’ उनको ट्वीटमा उल्लेख छ ।