डब्ल्यूएचओले गर्यो यस्तो नया डरलाग्दो चेतावनी,विश्वभर त्रा’स

समाचार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भारतमा पाइएको कोरोना भाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी जारी गरेको छ ।भारतमा B.1.617 भेरियन्ट फैलिएको छ । डब्ल्यूएचओको कोभिड १९ प्रमुख मारिया वेन केरखोवका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर पुर्याउँछ ।

मारियाले अघि भनिन्, ‘हामी आधिकारिक रुपमा यसलाई विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट घोषणा गर्दछौं ।’ उनका अनुसार यस भेरियन्टको अधिक जानकारी मंगलबार उपलब्ध गराइने छ ।डब्ल्यूएचओले भनेको छ B.1.617 भेरियन्टको वंशावलीको डिसेम्बरको अन्तिममा भारतमा पहिलो पटक पत्ता लागेको थियो जबकी यसको एक सुरुवाती रुप अक्टुबर २०२० मा पाइएको थियो । यो भेरियन्ट धेरै देशहरुमा फैलिसकेको छ । संक्रामक नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले धेरै देशहरुले भारतबाट हुने उडान रोकिसकेका छन् ।

भारत अहिले कोरोना संक्रमणबाट अति नै प्रभावित छ । नयाँ संक्रमित विरामीहरुको संख्या र मृत्युदर बढिरहेको छ । यी बिरामीहरुलाई धेरै नै अक्सिजन चाहिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । बिरामीहरुको संख्या बढेपछि अस्पतालमा बेड र अक्सिजन अभाव भएको छ ।यसैबीच डब्ल्यूएचओले कोरोनाका कारण संकटमा परेको भारतका लागि ‘टुगेदर फर इन्डिया’ अभियान सुरु गर्ने घोषणा गरेको छ । यो अभियानको उद्देश्य भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री खरिद गर्नका लागि आवश्यक कोष जम्मा गर्नु हो ।

नेपालमा के छ अवस्था ?

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो ।यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

२४ घण्टामा कुन जिल्लामा कोरोना संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा २२, ओखलढुंगामा १०, खोटाङमा ७, झापामा २६४, ताप्लेजुङमा १, धनकुटामा २०, पाँचथर २, भोजपुरमा ३, मोरङमा ३५०, संखुवासभामा ७ र सुनसरी १७४ जनामा कोरोना भेटिएको छ।यसैगरी प्रदेश २ को धनुषामा १६५, पर्सामा ११३, बारामा ३१, महोत्तरीमा ४१, रौतहटमा २८, सप्तरीमा १८, सर्लाहीमा २९ र सिरहामा १५ जनामा कोरोना पाइएको छ।

See also  ओलीलाई रोक्न हामीले सांसदबाट राजीनामा दिनुपर्छ : भीम रावल

बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ८८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १५५, चितवनमा १२४, दोलखामा १५, धादिङमा ११५, नुवाकोटमा ७३, भक्तपुरमा ५३७, मकवानपुरमा ११६, रसुवामा १, रामेछापमा २४, ललितपुरमा ६०२, सिन्धुपाल्चोकमा ५८ र सिन्धुली ४७ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३७०, गोरखामा ६४, तनहुँमा ४७, नवलपरासी पूर्वमा २५, पर्वत १, मुस्ताङ १, म्याग्दी ५, लमजुङमा ३४, बागलुङमा ६ र स्याङजामा ९० जनामा कोरोना भेटिएको छ।मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५५, कपिलवस्तुमा ११७, गुल्मीमा १७, दाङमा २६५, नवलपरासीमा ५७, पाल्पामा ८४, प्यूठानमा १, बर्दियाका ६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९ र रोल्पामा ४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ७७, जुम्ला ९, डोल्पा १, दैलेखमा ६, रुकुम पश्चिममा ४८, सल्यानमा २१, सुर्खेतमा २६४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८०, कञ्चनपुरमा २८, कैलालीमा २९५, डोटी २, दार्चुला ३, बझाङमा १ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थपिए ३९ सय २७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंमा २७ सय ८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा गरी कुल ३९ सय २७ जना थपिएको जानकारी दिएका हुन् ।यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २११४ जनामा कोरोना पुष्टि भएको छ ।

सक्रिय संक्रमितको संख्या ९७ हजार नाघ्यो

See also  माओबादी-कांग्रेस ले बैकल्पिक सरकारको दाबी नगर्ने प्राय निश्चित भएपछी फेरी ओली नै प्रधानमन्त्री हुने पक्का

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ९७ नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ । यसअघि हिजो सोमबारसम्म सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ थियो ।

यी हुन् ‘रेड जोन’मा रहेका नेपालका ४८ जिल्ला

नेपालका ४८ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ४८ जिल्ला ‘रेड जोन’मा रहेका छन् । जसमध्ये ३० जिल्लामा पाँच सयभन्दा बढी र अन्य १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेक् छन् । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ र नुवाकोटमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्वमा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बैतडी मा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, प्रदेश २ को रौतहट, सर्लाही, सप्तरी र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको पर्वत, तनहुँ, म्याग्दी, स्याङ्जा, लमजुङ र बागलुङमा पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको दैलेखमा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको डडेलधुरा, डोटी र अछाममा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

See also  भारतीय भेरियन्ट बेलायती भेरियन्ट कोरोना भाइरसभन्दा ७० गुणा संक्रामक भएको : डब्लुएचओ

१ हजार ३७४ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ८४ कोरोना संक्रमितको आईसीयूमा र २९० को भेन्टिलेटरमा गरी कुल १ हजार ३७४ जना उपचाररत छन्। मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।

आजको तथ्यांक अनुसार प्रदेश १ मा १२७ जना आईसीयूमा र २९ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६० आईसीयूमा र ३७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ५२९ जनाआईसीयूमा र १८४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ८२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६० जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा १०२ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

थप ५ हजार २२५ जना कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

कोरोना भाइरसका सक्रिय संक्रमित ९७ हजार ८ जनामध्ये मंगलबारसम्म ८९ हजार ९१४ जना होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्नेको संख्या कुल सक्रिय संक्रमितको ९२.६७ प्रतिशत हो । अस्पताल र अन्य संस्थागत आइसोलेसनमा ७०९४ संक्रमित उपचाररत छन् ।

अस्पतालहरुले अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने बिरामी मात्र भर्ना लिने भएका कारण ठूलो संख्यामा संक्रमितहरु होम आइसोलेसनमा नै छन् । तर होम आइसोलेसनमा बसेकाहरु कस्तो अवस्थामा छन् भन्ने विषयमा भने सरकारी निकाय बेखबर छन् । काठमाडौं उपत्यकामा होम आइसोलेसनमा बसेका संक्रमितले समेत सरकारी निकायबाट सोधखोज नभएको गुनासो गरेका छन् ।

काठमाडौं धापासीकी ४२ वर्षीया महिलाले आफैंले अक्सिजनको जोहो गरेर होम आइसोलेसनमा बसेकी छन् । ११ दिनअघि संक्रमण पुष्टि भए