सर्लाहीमा गोली चल्यो : बन्दुकसहित एक पक्राउ

समाचार

सर्लाहीको ईश्वरपुर नगरपालिका–४ स्थित सागरनाथ जंगलमा प्रहरी र शिकारी समूहबीच दोहोरो गोलि हानाहान भएको छ । बिहीबार सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा गस्तीमा रहेको प्रहरी र बन्दुकधारी शिकारीहरुबीच गोली हानाहान भएको हो । गोली फायरिङ गरेर प्रहरीले एक जना शिकारी सहित तीन थान भरुवा बन्दूक समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

See also  केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक

उक्त स्थानमा पछिल्लो समय अवैध गतिविधि बढेको आशंकामा प्रहरी को निगरानी बढाएको जिल्ला प्रहरीका एसपीको भनाई थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय ईश्वरपुरबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी गस्ती टोली र हतियार धारी शिकारीहरुबीच गोलि हानाहान भएको हो ।

प्रहरी उपरिक्षक राठौरका अनुसार प्रहरी गस्ती टोलीलाई शंका लागेर जंगलमा पुग्दा चार जनाको समुहमा रहेका हतियारधारी समूहले गोली चलाएको र प्रहरीले जवाफी कारबाही गरेको हो । उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन् । प्रहरीले फायर खोल्दै अघि बढेपछि हतियारधारी समूह हतियार छोडर भागेका छन् । भाग्ने क्रममा प्रहरीले ईश्वरपुर नगरपालिका–४ का ४० वर्षका रणबहादुर गोलेलाई पक्राउ गरेको हो । अन्य फरार तीन जनाको खोजि तिब्र पारिएको प्रहीले जनाएको छ ।

See also  रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रने छु : भीम रावल