खुशीको खबर अमेरिकी राजदूतद्वारा नेपाललाई थप यति धेरै सहयोग गर्ने प्रतिबद्धता

समाचार

काठमाडौँ — अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोरोना भाइरसको महामारीको बेलामा अमेरिकाले नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राजदूत बेरीले बिहीबार नेपालका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग उक्त प्रतिबद्धता गरेका हुन् ।
नेपालमा भइरहेको संकटलाईमध्ये राखेर उपप्रधानमन्त्री पोखरेलले राजदूत बेरीलाई सहयोग उपलब्ध गराउन टेलिफोन गरेका थिए । उक्त संवादमा पोखरेलले नेपाललाई अहिले अतिआवश्यक सामग्रीहरु अक्सिजन सिलिण्डरदेखि अन्य स्वास्थ्य सामग्रीहरु सहयोगको लागि आग्रह गरेको उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

See also  रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रने छु : भीम रावल

जवाफमा बेरीले अमेरिकाले नेपाललाई सधैं सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने बताए । अमेरिकी राजदूतावासका एक पदाधिकारीका अनुसार राजदूत बेरीले नेपाललाई थप सहयोग छिट्टै नेपाल आइपुग्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । बेरीले कुन सामग्री कति दिने भन्ने बारेमा भने संवादमा खुलाएका थिएनन् ।

पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्र संघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि सहयोगको गर्न कुराकानी गरेका थिए ।

See also  ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै गर्यो यस्तो घोषणा