केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक

समाचार

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा बसेकाे छलफलमा सहमति नजिक पुगेकाे बताइएकाे छ ।

माधव कुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको बुझिएकाे छ । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो ।

See also  चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ बाट शुरु हुने, कहाँ कहाँ गएर लगाउने खोप?