महन्थ ठाकुर बालुवाटार पुगे के पी शर्मा ओली बहुमतको सरकार बनाउने तयारीमा

समाचार

काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ठाकुर बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्दैछन् ।

See also  १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित

जसपाका नेता ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वको गठबन्धन सरकारका निम्ति तयार भएका थिएनन् । एमालेभित्र फेरि सहमतिको संभावना बढेको र जसपाभित्र पनि गठबन्धनका निम्ति ठाकुर र महतो तयार नभएपछि काँग्रेस र माओवादी केन्द्र पछि हटेका हुन् ।

आजै एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच चार घण्टा लामो संवाद भएको थियो । एक्लाएक्लै भएको संवाद सहमति नजिक देखिएको नेताहरुले बताएका छन्। जसपाका नेता ठाकुर र राजेन्द्र महतो के पी ओली नेतृत्वको गठबन्धन सरकारका निम्ति तयार हुने सम्भावना बढे संगै ओली बहुमत को सरकार बनाउने तयारी मा छन् भने।

See also  केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक