माधव नेपालले भने- राजीनामा दुई-चार दिनलाई टर्‍यो,सहमती हुन्छ ।

समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधव कुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो
अध्यक्ष ओलीसँग झन्डै ४ घन्टा वार्ता गरेपछि उनले तत्कालाई राजीनामाको स्थिति टरेको बताएका हुन्।

See also  रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रने छु : भीम रावल

पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘राजीनामा दुई चार दिनलाई टर्‍यो।’उनले फागुन २८ को निर्णय खारेज गर्ने २०७५ जेठ २ मा फर्कने प्रक्रियाबारे निरन्तर छलफल गर्ने बताए।
‘त्यो छलफल अब विभिन्न तहमा हुन्छ,’ नेपालले भने।

साभार : pathivara news