रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रने छु : भीम रावल

समाचार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्पमा नयाँ सरकारको नेतृत्व लिन अग्रसर नेपाली कांग्रेसले राजीनामा दिने नेकपा एमालेका सांसदहरूलाई उपनिर्वाचन कांग्रेसकै चुनाव चिन्ह दिएर जिताउने प्रतिवद्धता जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको माधव नेपाल समुहका नेताहरुसँग यस्तो प्रस्ताव राखेका हुन ।

?केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरू राजीनामा दिन तयार भएमा उपनिर्वाचनमा कांग्रेसको चुनाव चिन्हमा उम्मेद्वार बनाएर जिताउने हामीले बचन दिएका छौं, देउवा निकट एक नेताले भने । कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ ।

See also  प्रधानमन्त्रीको संखुवासभा यात्रा : विशेष कार्यक्रम छैन, घुमघाम मात्रै !

संसदको अंकगणितमा माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) को समर्थन पाइसकेको कांग्रेसले माधव समुहका सांसदहरुले राजीनामा दिए बहुमत पुग्ने निष्कर्ष निकालेको छ ।

याे पनि समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पणका साथ उहाँको निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गर्नुभएको छ ।

See also  ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै गर्यो यस्तो घोषणा

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताउनुभएको छ ।

कोभिड–१९ को सङ्क्रमणले मङ्गलबार उहाँको निधन भएको थियो । उहाँले भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । “एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पु¥याउनुभएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ”, विज्ञप्तिमा उहाँले भन्नुभयो । चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्षसमेत रहनुुभएको थियो ।

See also  माओबादी-कांग्रेस ले बैकल्पिक सरकारको दाबी नगर्ने प्राय निश्चित भएपछी फेरी ओली नै प्रधानमन्त्री हुने पक्का